विपक्षी गठबन्धनकाे बैठक देउवा निवास बुढानीलकण्ठमा सुरु

लोकपाटी न्यूज

काठमाडाैँ। बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। बैठकमा प्रतिनिधिसभा विघटनको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुरु भएको बहस र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाण, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरू सहभागी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्