राष्ट्रपतिले ओलीलाई भन्नुपर्थ्यो : तपाईं अब प्रधानमन्त्री पदमा बस्नु हुँदैन

Sarbochha-Bahas-
लोकपाटी न्यूज

काठमाडौं। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओली मिलेर सबैतिर बाधैबाधा खडा गरेको टिप्पणी गरेका छन्। संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा बहसका क्रममा कार्कीले राष्ट्रपतिले केपी ओलीलाई पदमुक्त गर्नुको साटो निरन्तरता दिनु अनौठो कुरा भएको बताएका हुन्।

अधिवक्ता कार्कीले भने, ‘नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने ? हाउसको कन्फिडेन्ट नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन, बस्न दिनु हुँदैन। विश्वास प्राप्त गर्न सक्दैन भनी स्वीकार गरेर लिखित रूपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपर्थ्यो- यु आर नो मोर प्राइमिनिस्टर।’’

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार बन्न अवरोध गरेको वरिष्ठ अधिवक्ता कार्कीको भनाइ थियो। त्यसरी अवरोध गर्नुको उद्देश्य के हो ? भनेर उनले प्रश्न गरेका थिए। ‘संसद्‍बाट विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने ? के गरेको हो यो ?,’ उनका प्रश्न थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्