काठमाडौं। एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको तीन दिवसीय बृहत राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। २१ औं शताब्दीमा नमूना विद्यालय विषयक कार्यशाला सोमबार सम्पन्न भएको हो। शनिबारदेखि सुरु भएको उक्त कार्यशाला संगठनद्वारा १३ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो।
नेपालको संविधान २०७२ अनुसार ले परिकलपना गरेको समाजबाद उन्मुख राज्य व्यस्थामा उपयुक्त हुने विद्यालय शिक्षाका कार्यक्रम निर्माण गरी कार्यन्वयनको लागि अगाडि बढ्ने घोषणा पत्रमा प्रस्तुत गरिएको छ।
शिक्षामा भएको निजीकरण, माफियकरण र ब्यापारीकरणको अन्त्य गर्दै सामाजिक न्याय र समताका आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षा समेतको विद्यालय शिक्षालाई सार्थक रुपमा अनिबार्य र निशुल्क आर्जन गर्ने बाताबरणको सिर्जना गर्न अगाडी बढ्ने समेत प्रतिवद्धता जनाएको छ।
कार्यक्रममा सभामुख अग्नि सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहका प्रमुख, शिक्षक, शिक्षाविद्, विशिष्ट राजनैतिक ब्यक्तित्व, एवम् सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
यस्ता बैठकबाट जारी १३ बुँदे घोषणापत्र
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/06/घोषणा-पत्र-२०७८-c.pdf”]



लोकपाटी न्यूज

