क्षणिक निजी स्वार्थकाे निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् : डा. भट्टराई

Dr- Baburam Bhattarai
लोकपाटी न्यूज

काठमाडौँ। काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ। अदालतको यस अन्तरिम आदेशलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन्।

यसैक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि अदालतले सही गरेको टिप्पणी गरेका छन्।

‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द÷भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने÷बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्‍ने नै भयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्