सर्वाेच्चकाे आदेश अप्रत्यासित छ : एमाले प्रवक्ता ज्ञवाली

Pradip_Gyawali
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरद्ध गरेको अन्तरिम आदेश अप्रत्यासित भएको बताएका छन्। संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘औपचारिक रुपमा बसेर पार्टीको धारणा बनाउन बाँकी छ। तर, व्यक्तिगत रुपमा भन्नुपर्दा यो अप्रत्यासित छ।’

उनले अदालतको पछिल्लो आदेशले राष्ट्रिय राजनीतिमा धेरै खालका जटिलता निम्त्याएको बताए। मंगलबार सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार बदर गरिदिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्