राधी विद्युतकाे एजीएम २९ गते, बोनश शेयर र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव लाने

लोकपाटी न्यूज

काठमाडौँ। राधी विद्युत कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ। कम्पनीको यही असार ७ गते बसेको बैठकले असार २९ गते मंगलबार बिहन ११ बजेका लागि साधारण सभा बोलाएको हो।

सभाले साधारण प्रस्तावहरू सञ्चालक समितिको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७६/७७ को वासलात, नाफा–नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने बताइएको छ। साथै सभाले आ.व. २०७७/७८ को लागि लेखा परिक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने जनाएको छ।

त्यस्तै, उक्त सभामा विशेष प्रस्तावमा चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर (कर बाहेक) जारी गर्ने प्रस्ताव लाने तयारी गरिएको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावमा पनि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ। सभामा अर्को विशेष प्रस्तवामा बोनश शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पूँजीको १४७.५२ प्रतिशत (१ : १.४७५२) कित्ता हकप्रद जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओम बहादुर थापाले बताएका छन्।

त्यस्तै राधी विद्युत कम्पनीले सञ्चालक पदनमा बिमेश मान पतिलाई नियुक्त गरेको छ। शेयरधनी खारे इन्भेष्टमेन्ट लिमिटेडबाट प्रतिनिधित्व गरेका सञ्चालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाई उक्त सञ्चालक पदमा पतिलाई नियुक्त गरेको कम्पनीले जनाएको छ। साथै, यही असार ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्