काठमाडौं। नेकपा एमालेका युवा नेता खिमलाल भट्टराईले जेठ २ मा फर्किने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिन नमिल्ने बताएका छन्। युवा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् पार्टी एकताका लागि माधवकुमार नेपालले चासो नदेखाएको आरोपसमेत लगाए।
उनले माधव नेपालले मिलेको कुरामा पनि समस्या बढाउनका लागि शर्तहरु थापिरहेको आरोप लगाए। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,’केन्द्रीय सदस्य माधव कमरेडमा एकताको चाहना देखिएन। जेठ दुईमा फर्कने भनिसकेपछि कमरेड केपी ओलीलाई दोष दिने ठाउँ छैन।’
उनले भ्याकेट लगायत सबै कुरा कमिटीको बैठकमा छलफल गर्न सकिन्छ र एकता प्रस्तावमा हस्ताक्षरसँगै समाधान हुने कुरालाई मुद्दा बनाउनु अवान्छित भएको उल्लेख गरेका छन्।




लोकपाटी न्यूज

