बाजुरामा हेलिकप्टरमार्फत् सुत्केरी महिलाको उद्दार

pic 1
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ८ असार। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्वर ४ की एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। नेपाल सरकार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय र जगन्नाथ गाउँपालिका बाजुराको समन्वय तथा पहलमा उद्धार गरिएको हो।

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार साँझ ५ बजेतिर नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए।

जगन्नाथ गाउँपालिका वडा नं.४ बस्ने अर्ग भण्डारीकी २६ वर्षीय श्रीमती कमला भण्डारीको ३ दिनदेखि बाजुरामा सुत्केरी हुन नसकेपछि नेपालगंन्ज लगिएको हो। उनलाई २ दिन सम्म हुनि महती स्वास्थ्य चौकी गोत्रीमा राखिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्