ताेलामा ६ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुदैछ आज काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा सुन-चाँदीको मूल्य फेरि बढेको छ। सोमबारको तुलनामा तोलामा ६०० रुपैयाँले सुनको भाउ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ तोकेको छ। सोमबार तोलाको ९० हजार ४०० कायम गरिएको थियो।

तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार ५०० पुगेको महासंघले जनाएको छ। दुई दिनदेखि चाँदीको भाउ पनि निरन्तर बढेको छ। चाँदीको भाउ पनि बढेर तोलाको १३ सय पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्