काठमाडाैँ। सुन चाँदीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा आठ सय रुपैयाँ घटेको हो। अस्ति शुक्रवार तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ घटेर तोलाको ९० हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुनकाे भाउ बिहीवार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो। त्यस्तै गएको बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ। शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।



लोकपाटी न्यूज
