कोरोनापछि बालबालिकामा देखिन सक्छन् यस्ता सिन्ड्रोम

Corona Safty Kids
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो। यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ। यसका लक्षणहरुः

आँखा रातो हुन, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ, निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु लगायतका लक्षण देखिन सक्छन्। कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बाल बालबालिकाहरूलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेखित मध्ये कम्तीमा अन्य कुनै दुई वटा लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल लैजानु पर्छ।

बालबालिकामा यस्ता लक्षण देखा परे के गर्ने ?

यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन। तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ। त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्छ। कोरोना संक्रमणबाट बच्नका लागि मास्क लगाऔं भौतिक दूरी कायम गरौँ र बेलाबेलामा साबुन पानीले हात धोऔं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्