कस्ताे छ पूर्वप्रधानमन्त्री खनालकाे स्वास्थ्य अवस्था ?

jhalanath_khanal
लोकपाटी न्यूज

काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिए।

उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको भट्टराइले बताए। अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ। पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि नेता खनाल भारतकाे दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्