काठमाडौं। दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधारोन्मुख बनेको छ। पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन्।
खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालयले जनाएको छ। अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ।



लोकपाटी न्यूज

