एजेन्सी। उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकासँग वार्ता र संघर्ष दुवै तरिकाले तयार रहने बताएका छन्। अमेरिकामा राष्ट्रपति जो वाइडेन निर्वाचित भएपछि उत्तर कोरियाले आफ्नो रणनीति कस्तो हुनेबारे खुलाएको थिएन।
उत्तर कोरियाले आफ्नो देशलाई अमेरिकाले गर्ने व्यवहारमा कहिल्यै पनि परिवर्तन नआउने बताएको थियो। पार्टीको कन्द्रिय कमिटीको बैठकमा उनले अमेरिकासँग आफुहरु वार्ताका लागि तयार रहेको साथै संघर्ष गर्न पनि पछि नपर्ने बताएका हुन्। उनले अगाडि भनेका छन्, ‘उत्तर कोरिया शान्तिपुर्ण वातावरण निर्माणका लागि अग्रसर रहेको छ। यसका लागि वार्ता र संघर्ष दुवै आवश्यक रहेको छ।’
अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमले वान टु वान वार्ता गरेका थिए। उनीहरुबीच दुई तीन पटक भेटघाट भए पनि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा भने खासै सुधार नभएको विश्लेषकहरुले बताएका थिए। विडेनले भने उत्तर कोरियाबारे खुलेर बताएका छ्रैनन्। उत्तर कोरियाले केही वर्ष अगाडि लगातार आणविक हतियार परिक्षण गरेपछि तेस्रो विश्वयुद्ध त हुने होइन भन्ने आशंका गरिएको थियो।



लोकपाटी न्यूज

