साताकाे पहिलाे काराेबारमा १० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि

Share Market
लोकपाटी न्यूज

काठमाडौं। साताको पहिलो कारोबारकाे दिन (आइतवार) बजार खुलेको एक घण्टाको अवधिमा १० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ।

उक्त अवधिसम्ममा सबैभन्दा बढी श्री इन्भेष्मटमेण्ट एण्ड फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ। त्यसैगरी सीईडीबी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९६ प्रतिशत,माउण्टेन इनर्जीका ९ दशमलव ९५ प्रतिशत,लुम्बिनी विकास बैंकको ९ दशमलव ९५ प्रतिशत,सोल्टी होटलको ९ दशमलव ९२ प्रतिशत,ओरियण्टल होटलको ९ दशमलव ९२ प्रतिशत,हाइड्रो इलेक्ट्रिसीटीको ९ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी पाँचथर पावरको ९ दशमलव ८७ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ७७ प्रतिशत र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ६८ प्रतिशतले वृद्धि भएको हो। ती १० ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो।

योदिन सीईडीबी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता ५५२ रुपैयाँ,माउण्टेन इनर्जीको ९५० रुपैयाँ, लुम्बिनी विकास बैंकको ६९६ रुपैयाँ,सोल्टी होटलको  २६६ रुपैयाँ,ओरियण्टल होटलको  ५३२ रुपैयाँ, हाइड्रो इलेक्ट्रिसीटीको ३७७ रुपैयाँ, पाँचथर पावरको  ४२३ रुपैयाँ र ङादी ग्रुप पावरको शेयर मूल्य  ५१० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्