काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (आइतवार) बैंकिङ समयसम्म रहेको छ।
कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्ने हुन्छ। उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि हुने हद नलाग्ने कम्पनीले जानकारी गराएको छ।
बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइबिएल एस क्यापिटपल लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ। विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।



लोकपाटी न्यूज
