एओएन डिसेबल गर्ने तयारीमा नेप्से

लोकपाटी न्यूज

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एओएन डिसेबल गर्ने तयारी गरेको छ।

नेप्सेका प्रवक्ता मुरारी पराजुलीले धितोपत्र बोर्डको निर्देशन प्राप्त भइनसकेको र प्राप्त भएपछि डिसेबल गरिने बताए। उनले लगानीकर्ताको गुनासो आएपछि एओएन डिसेबल गर्ने विषयमा छलफलपछि उक्त निर्णय भएको बताए। एओएन (अल अर नन) भनेको सेयर बिक्री गर्दा एकैपटक सबै वा शुन्य भन्ने अर्थ हुन्छ। जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर नभइ एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन्।

तर यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा सेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो नेप्सेमा आएको थियो। त्यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गर्दै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्