काङ्ग्रेसले बाेलायाे असार ३ गते केन्द्रीय समितिको बैठक

congress
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौँ। नेपाली कांग्रेसले असार ३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।

शनिबार बसेको कांग्रेस पदाधिकारीले बैठकले पार्टीको महाविधेशनको मिति सार्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुमोदनका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।