मुख्यमन्त्रीका लागी गुरुङकाे दाबी नपरेकाे प्रदेश प्रमुख कार्यालयकाे दावी

लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मात्र दाबी परेको जनाएको छ।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएकोबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले एकजनाको मात्र दाबी परेको जानकारी दिए। शनिबार दिउँसो भने निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गरेको विषय सार्वजनिक भएको थियो।

गुरुङले दाबी गरेको खबरपछि विपक्षी गठबन्धनका ३१ सांसद्ले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए। उनीहरूले पुनः गुरुङलाई नियुक्त गरिए असंवैधानिक हुने भन्दै कानुनी उपचार खोज्ने चेतानवी दिएका थिए। शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्