रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरे अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पकाे प्रशंशा

लोकपाटी न्यूज

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर तारिफ गरेका छन्।

‘अहिले पनि मलाई ट्रम्प असामान्य व्यक्तित्व हुन् भन्ने लाग्छ, प्रतिभावान व्यक्ति,’ पुटिनले भने,‘यस्तो नभएको भए उनी अमेरिकाको राष्ट्रपति बन्ने थिएनन्। उनी निकै रसिक व्यक्ति हुन्। तपाईलाई उनी मनपर्न वा नपर्न पनि सक्छ। तर, उनी अमेरिकी संस्थापन खेमाबाट आएनन् र राष्ट्रपति बन्नुअघि राजनीतिमा ठूलो भूमिकामा थिएनन्। त्यसैले कसैलाई उनी मनपर्छ र कसैलाई मन पर्दैन।’

वर्तमान राष्ट्रपति जो बाइडेन ट्रम्पको दाँजोमा निकै फरक रहेको पुटिनले बताए। ‘उनी फरक छन् किनकी पुटिनले आफ्नो सम्पूर्ण जवानी नै राजनीतिमा बिताएका छन्,’ पुटिनले भने। उनले पछिल्ला वर्षहरुमध्ये अहिले अमेरिका र रुसको सम्बन्ध सबैभन्दा खराब अवस्थामा रहेको बताए।

पुटिनले १६ जुनमा स्विचरल्यान्डको जेनेभामा बाइडेनसँग भेट्ने कार्यक्रम छ। यसअघि राष्ट्रपतिका रुपमा आफ्नो पहिलो युरोप भ्रमण सुरु गरेका बाइडेनले बेलायत आउनसाथ पुटिनसँगको भेटमा रुसलाई स्पष्ट सन्देश दिइने बताएका थिए। ‘हामी रुससँग द्वन्द्व चाहादैनौँ। हामी स्थिर सम्बन्ध चाहन्छौं,’ उनले भनेका थिए,‘तर, यदी रुस सरकार खतरनाक गतिविधिमा संलग्न रह्यो भने अमेरिकाले पनि अर्थपूर्ण जवाफ फर्काउनेछ। यसमा म स्पष्ट छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्