काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशन तयारी सुरु गरेको छ। कांग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको छ।
पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको छ। देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा महाधिवेशन तयारी, कोरोना महामारी र राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल हुनेछ।
वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर कांग्रेसमा तयारी छ। असार ५ बाट वडा अधिवेशन गर्ने भनिएपनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन।



लोकपाटी न्यूज

