ठाकुर-महतो पक्ष सरकारमा सहभागी भएर मधेश आन्दोलनलाई धोका दिए : डा. भट्टराई

Dr- Baburam Bhattarai
लोकपाटी न्यूज

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाका ठाकुर-महतो पक्ष सरकारमा सहभागी भएर मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरेका छन्।

सभामुख अग्नि सापकोटाले शुक्रबार आयोजना गरेको सर्वदलीय छलफलपछि पत्रकारसँग भट्टराईले केही मान्छेहरुले गलत बाटो लिएको बताएका हुन्। उनले अझै पनि जसपा मूल रुपमा एक ढिक्का रहेको दाबी गरे।

‘ केही मान्छेहरुले गलत बाटो लिए, त्यो दुर्भाग्यपूर्ण छ। तर पनि जसपा मूल रुपमा एक ढिक्का नै छ। केही मानिसहरु पलायन भएर गएका हुन्।’ उनले भने, ‘उहाँहरुले विस्तारै बुझ्नु हुनेछ। त्यसले मधेश आन्दोलनलाई पनि धोका दिन्छ। उहाँहरुको राजनीतिक जीवनलाई पनि कलंकित गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्