सहिद बेपत्ता तथा विपन्न परिवारलाई माओवादी केन्द्रको सहयोग

लोकपाटी न्यूज

भक्तपुर। नेकपा माओवादी केन्द्र भक्तपुरले सहिद बेपत्ता र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। माओवादीले वाइसियल नेपाल भक्तपुरसमेतको सक्रियतामा राहत वितरण गरेको हो।

जिल्लाको सूर्य विनायक नगरपालिकामा नगरपालिकाका सहिद तथा बेपत्ताका ३ घर परिवारलाई सहयोग उपलब्ध गराएको छ। त्यस्तै चाँगुनारायण नगरपालिकाका ४२ घर विपन्न परिवार गरी ४५ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो।

ती परिवारलाई कोरोनाका कारण बन्दको समयमा राहत स्वरूप दाल, चामल, नुन तेल उपलब्ध गराएको माओवादी भक्तपुरले जनाएको छ।