काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ। सभापति देउवाले शनिवार दिउँसो २ बजेका लागि आफ्नो बुढानीलकण्ठमा बैठक बोलाएका हुन्।
पार्टीको १४ औँ महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बाबजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ।
यी दुवै प्रतिकूलताका बिच आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस रहेको छ। वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर काँग्रेसमा तयारी छ।



लोकपाटी न्यूज

