सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्दै

लोकपाटी न्यूज

काठमाडौं। सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र असार ६ गतेदेखि विक्री गर्ने भएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ। १० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्र खरीदका लागि छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ प्रदान गरेको छ। उक्त ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड वैशाख ६ गते नै अनुमति पाएको हो। यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्