काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ।
आज सुन तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँ बढेको छ। नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ। यसअघि हिजो छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो।
चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि बढेको चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँ प्रतितोला कायम भएको थियो।



लोकपाटी न्यूज
