नेपाल पक्षले ओलीलाई फर्कायाे ६ बुँदामा नै जवाफ

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौँ।  नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे एकता प्रस्ताव अस्वीकार गर्दै जबाफ पनि ६ बुँदेमै फर्काएको छ।

यो पक्षले सार्वजनिक गरेको प्रेस वक्तव्यमा ओलीले पार्टी एकता हासिल गर्ने भन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित भएको भनिएको छ। यस्तै ओलीले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मलाउने भाषा ओलीले आफ्नो एकता प्रस्तावमा प्रयोग गरेको यो पक्षको निष्कर्ष छ।

ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरेको यो पक्षले ठहर गरेको छ।ओलीले अब पार्टीका नेताहरुलाई कारवाही गर्ने भनेपनि यसअघि विधानविपरीत कथित कारवाही फिर्ता लिने कुरा ओलीको वक्तव्यमा नभएको निष्कर्ष पनि यो पक्षले निकालेको छ। यो पक्षले आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता नहुने पनि बताएको छ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्