अचानक मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

Madan Krishna Shrestha (1)
लोकपाटी न्यूज

काठमाडाैँ। कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको हो।

शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको उनका छोरा यमन श्रेष्ठले  जानकारी दिए। एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। मनदकृष्णका छोरा यमनले भने, ‘हिजो आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ। अहिले स्वास्थ्य अवस्था ठिक छ। सायद भोली डिस्चार्ज हुुनुहुन्छ होला।’ मदनकृष्णको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो।

मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्