मंगलबारदेखि जेष्ठ नागरिकलाई काेराेना विरुद्धकाे खाेप लगाइदै

_Khop
लोकपाटी न्यूज

काठमाडाैँ। मंगलबारदेखि ज्येष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ। ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाईरसविरुद्धको खोप दिइने भएको हो।

मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँच दिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक–फरक उमेरका ज्येष्ठ नागरिकलाई खोप दिइने प्रबन्ध मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। पाँच दिनमा एक लाख ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए। दैनिक औसतमा २० हजारले खोप सुविधा पाउने भएका हुन्।

काठमाडौं महानगरपालिकाले खोपका लागि ३२ वटा खोप केन्द्र तोकिसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए। ज्येष्ठ नागरिकसँगै आउने परिवारका अर्को ज्येष्ठ सदस्य भए पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने उनले जानकारी दिए।

महानगरले भिडभाड कम गर्न २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्