काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन्। साथै प्रचण्डले ओलीको त्यस प्रकारको अभिव्यक्तिको निन्दा र भत्र्सना समेत गरेका छन्।
‘ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ। त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सोमबार भनेका छन। आइतबार प्रधानमन्त्री ओलीले एमाले एकताका लागि भन्दै सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा प्रचण्डका अनिच्छाका कारण नेकपा एकता असफल भएको बताएका थिए।
ओलीले प्रस्तावमा भनेका थिए, सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरि गरिएको दर्ता मिलेन भनेको हो। एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो। यसका लागि समय पनि दिएको हो। पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।
— ☭ Comrade Prachanda (@cmprachanda) June 7, 2021



लोकपाटी न्यूज

