नेपाल समूहले भन्याे : ओलीकाे प्रस्ताव कपटपूर्ण योजना भएकाले विश्वास गर्ने आधार छैन्

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएको एकताको प्रस्ताव मिडिया खपत लागि ल्याइएको कपटीपूर्ण योजना मात्र रहेको नेपालपक्षका नेताहरुले प्रतिक्रिया दिएका छन्।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षिय नेताहरुले ओलीको उक्त प्रस्ताव सकुनी जालको रुपमा झुक्याउन, अलमलाउन र मिडियामा प्रचारबाजीका लागि मात्रै उक्त प्रस्ताव फालेको र त्यो प्रस्तावमा विश्वास गर्ने आधार नभएको बताएका हुन्।

नेताहरुले ओलीको प्रस्ताव कपटीपूर्ण योजना भएको भन्दै यो बेइमानीको पुलिन्दा भएको र त्यो आह्वानमा कुनै इमान्दारिता नभएको भनेका छन्। ओलीको उक्त प्रस्तावबारे औपचारिक धारणा बनाउन आजै नेपाल पक्षको स्थायी कमिटि बैठक बसिरहेको छ। अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित जेठ ३ मा फर्कने सकिने गरी एकताका प्रस्ताव सार्वजनिक गरेका छन्।

विज्ञप्तिपछि प्रतिक्रिया दिँदै नेता रामकुमारी झाँक्रीले ओलीले एकतर्फी घोषणा गरेको उक्त प्रस्ताव एकता गर्न नखोजिएको बरु झुक्याउन, अलमलाउन र मिडियाकन्जम्सनका लागि मात्र भएको दाबी गरेकी छन्।

यसैबीच ओलीको घोषणापछि नेपाल समूहबाटै सकारात्मक धारणा पनि सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्