नागरिक लगानी कोषले ताेक्याे साधारणसभाकाे मिति, बोनस शेयर र लाभांश वितरणकाे प्रस्ताव

लोकपाटी न्यूज

काठमाडौं। नागरिक लगानी कोषले २६औं वार्षिक साधारण सभा असार १८ गते बोलाएको छ। सभा दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा हुने कम्पनीले जानकारी गराएको हो।

कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ। सभाले प्रस्तावित ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभाको अन्य प्रस्तावमा शेयरधनी तथा सञ्चालकको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने रहेको छ।

साधारण सभा र लाभांश प्रयोजनका लागि असार ८ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ। बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्