ललिता निवासस्थित जग्गाको पुर्जा लिएकालाई २१ दिनको अन्तिम सूचना जारी

लोकपाटी न्यूज

काठमाडौं। मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको छ।

आइतवार गोरखापत्रमा प्रकाशित सूचना अनुसार उनीहरु तीन साताभित्र मालपोत कार्यालयको सम्पर्कमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जानेछ। दुई महिनाअघिनै ४९ जनाको घरमा म्याद तामेल गरिएकोमा जग्गाको कारण सरकारको नाममा ल्याउन नपर्ने भन्ने जवाफ दिन उपस्थित नभएको सूचनामा उल्लेख छ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो। यसअघि नै कुमार रेग्मी र नवीन पौडेलले आफ्नो नाममा रहेको जग्गा सरकारलाई बुझाइसकेकाले उनीहरुमाथि मुद्दा चलेको छैन।

बाँकी सबैमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्