काठमाडाैँ। एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन्।
महतोले बुधबार पदभार ग्रहणका क्रममा बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्ति महतोले शनिबार पनि दिएका थिए।
‘उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ’, विष्टले भनेक छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ।’
महतोको अभिव्यक्तिको विभिन्न क्षेत्रबाट विरोध हुँदै आएको छ ।



लोकपाटी न्यूज

