सातामा ६ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

लोकपाटी न्यूज

काठमाडौँ। नेपाली बजारमा यो साता ६०० रुपैयाँले सुनको मूल्य घटेको छ। गत आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अहिले प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य यो साता ११ रुपैयाँले घटेको छ।

गत आइतबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्