अर्थमन्त्री पाैडेलसहित एमाले चार मन्त्रीलाई पदमुक्त गर्ने तयारी

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन्।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई बढुवा गरी उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन्।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई यथास्थानमा राख्ने उनको तयारी छ।

बाँकी बन तथा वातावरण मन्त्री प्रेम आले, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्याललाई हटाउने तयारी ओलीले गरेको बुझिएको छ। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई हटाउने उनको तयारी भएको स्रोतले बतायो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्