काठमाडौं। नेकपा एमालेका चार नेताले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पत्र लेखेका छन्। एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईले नेपाल र खनाललाई पत्र लेखेका हुन्।
पत्रमा उनीहरूले पार्टी एकताको बाहना देखाएर अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको नाटक बन्द गर्न माग गरेका छन्। अहिले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन ओलीले कार्यदल बनाएर वार्ताको नाटक गरिरहेको चार नेताको दाबी छ। पार्टी एकताका लागि जेठ २ को सहमतिमा फर्किन नसक्ने तर सत्ता बचाउन कार्यदल बनाएर वार्ताको नाटक मात्रै ओलीले गरेको नेताहरूको भनाइ छ।
कार्यदलले काम गर्न नसक्ने र समय लम्ब्याउने मात्रै काम भएको पनि उनीहरूको टिप्पणी छ। पार्टी विभाजन हुन दिन हुँदैन भन्ने पवित्र भावनालाई केपी ओलीले सम्झौता गरेको भोलिपल्ट नै उल्लंघन गर्ने उनीहरूको दाबी छ। एकताको नाममा संगठनका केही सामान्य जोड घटाउनमा सन्तुष्टि लिने गरी सहमति गर्नु आफै ठगिनु बाहेक केही नहुने चार नेताको भनाई छ।
कार्यदलको औचित्य समाप्त भइसकेको अवस्थामा ओलीसँग वार्ताको नाममा समय खेर नफाल्न र नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गर्न खनाल-नेपाललाई सुझाव दिएका छन्। पत्रमा के छ ? पूर्णपाठ
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/06/jaganath.pdf”]



लोकपाटी न्यूज

