प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न नबिल बैंक र युनाइटेड फाइनान्सले विशेष साधारण सभा गर्दै

लोकपाटी न्यूज

काठमाडौं। प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न नबिल बैंक र युनाइटेड फाइनान्सले एकै दिन असार ५ गते विशेष साधारण सभा बोलाएका छन्।

नबिल बैंकले युनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ति गर्न लागेको हो। उक्त प्रस्ताव पारित गर्न दुबै कम्पनीको प्रधान कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएका हुन। कोभिड महामारीलाई ध्यानमा राखी दुबै कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेका हुन्। सभाले दुबै कम्पनी बीच भएको समझदारी पत्रलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ। नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन्।

एनसीसी बैंक र नेपाल बङ्गलादेश बैंकसँग मर्जरको हल्ला चलिरहेको अवस्थामा नबिलले शुक्रवार युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न लागेको हो। हाल नबिल बैंकको चुक्तापूँजी  १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपैयाँ रहेको छ भने युनाइटेड फाइनान्सको  १ अर्ब ४ करोड ८ लाख ३४ हजार रुपैयाँ छ। प्राप्ति पश्चात नबिलको चुक्तापूँजी १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार रुपैयाँ पुग्नेछ। विशेष साधारण सभा प्रयोजनका लागि दुबै कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गर्ने भएका छन्। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा  ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रुपैयाँ रहेको छ। नबिलले यस वर्ष ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ।

रिटर्न अर्निङसहित बैंकको जगेडा कोष रकम  १७ अर्ब ५२ करोड ६८ लाख ३० हजार रुपैयाँ रहेको छ। यस वर्ष २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको नबिलले  १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिशेयर आम्दानी  ३६ दशमलव ४० रहेको छ। त्यस्तै तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा  ४ करोड ७३ लाख ५४ हजार रुपैयाँ रहेको छ। उक्त अवधिसम्म यस कम्पनीले  ८ करोड १६ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेको छ। युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम  १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अनिङ्ग १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ २९ करोड ३६ लाख ३९ हजार रुपैयाँ रहेको छ।

कम्पनीले तेस्रो त्रैमाससम्म  ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने  ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी  १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ  १५९ दशमलव ४९ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्