साताकाे अन्तिम काराेबारमा नेप्से ४३.२७ अंकले बढेर २८७०.४० विन्दुमा

Stock-market-share
लोकपाटी न्यूज

काठमाडौं। कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४३.२७ अंकले बढेर २८७०.४० विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो।

दुई घण्टाको अवधीमा बजेसम्म कारोबारमा आएका २१३ओटा कम्पनीको १ करोड ५१ लाख २ हजार ३४६ कित्ता शेयर कारोबार हुदाँ  ८ अर्ब ३१ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ। नेप्सेमा सोही अवधीसम्ममा आज १३० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४६ शेयरमूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थीर रहेको छ।

एक घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड, विकास बैंक, वित्त, अन्य, बैंकिङ, व्यापार,जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, र लगानी समूहको सबै परिसूचकमा हरियाली छाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्