नेपाल पक्षको केन्द्रीय समिति बैठक जारी

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेबाट निष्काशनमा परेका माधव नेपाल-झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको छ। कोरोना भाइरस संक्रमणको त्रासका कारण बैठक अहिले भर्चुअल माध्यमबाट बसेको हो।

शीर्षस्थ नेताहरुलाई कारबाही गरेर अन्य नेतासँग वार्ता गरिरहेको ओलीपक्षका विषयमा बैठकमा छलफल हुने बताइएको छ। एमाले संस्थापन पक्षले भने खनाल-नेपाल समूहले बोलाएको बैठक सहभागी नहुन निर्देशन दिएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि स्थायी समिति बैठक डाकेका छन्। उक्त बैठक हिजो बस्ने तय भए पनि सारिएको थियो। पार्टी एकताको प्रयास अन्तिमसम्म जारी राख्ने नेताहरुले दाबी गरेका बेला नेकपा एमालेका दुई धाराका बैठकहरु बिहीबार छुट्टाछुट्टै बस्दै छन्।

ओलीले बैठक निर्धारण गरेपछि नेपाल पक्षका थप १२ जना कारवाहीमा पर्ने अनुमान गरिएपनि त्यसमा निर्णय लिन ओलीले सकेका छैनन्। ओलीले उनीहरुलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा यही जेठ १२ गते स्पष्टीकरण सोधेका थिए।

त्यसअघि जेठ १० गते प्रत्येक्षतर्फ नेता नेपाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल र बाँकी ९ जना समानुपातिक सांसदहरुलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्काशन गरेका थिए।