काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। बुधवार राति नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको छ।
उनीहरुबीच करिब ५० मिनेट छलफल भएको बताइएको छ। नेपाल र श्रेष्ठबीच पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यो पनि पढ्नुहोस्ः नेपाल समूहले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं। नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको खनाल नेपाल पक्षका नेता युवराज ज्ञवालीले जानकारी दिए।
उनका अनुसार कोभिड-१९ का कारण भर्चुअल रूपमा बैठक बस्नेछ। बैठक बिहीबार बिहान ११ बजेलाई तोकिएको छ। अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समूहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए।
ती छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरूले बताएका छन्।



लोकपाटी न्यूज

