निर्धन उत्थान लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

लोकपाटी न्यूज

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैंकिङ्ग समयसम्म रहेको छ।

कम्पनीले जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता  ५५० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदकले शेयर खरीदका लागि नयूनतम २ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ। यसमा कम्पनीका शेयरधनी साथै सर्वसाधारण तथा तथा अन्य योग्य  संघसंस्थाले पनि आवेदन दिन सक्नेछन्।

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्