लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

Pradesh_5
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका हुन्।

अधिवेशको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलकातर्फबाट मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। तर, विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन्।

मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेका छन्। प्रदेशले यस वर्षको बजेटमा कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउने खालका कार्यक्रम समेटेको बताइएको छ।