काेराेना संक्रमणबाट तीन सातायताकै सबैभन्दा थाेरै मृत्यु

Corona_Virus
लोकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ह्वात्तै घटेको छ।

गत २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो तीन सातायताकै कम मृत्यु भएको हो।यसअघि गत बैशाख २५ गते शनिबार ५३ जनाको मृत्यु भएको थियो। जेठ ५ गते सबैभन्दा धेरै २ सय ४६ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यसअघि सोमबार १ सय १४, आइतबार १ सय ९ र शनिबार १ सय १६ जनाको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार १ सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ।

१७ हजार १ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो अवधिमा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ रहेको। जसमध्ये ९७ हजार ७ सय ४ जना होम आइसोलेसन र ७ हजार ८५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ९१ जनाको आइसियु र ४ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्