काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको छ। यादवले ठाकुर पक्षका चार नेतालाई निष्काशन गरेको केही बेरपछि ठाकुर पक्षले पनि यादवलाई कारबाही गरेको हो।
ठाकुर पक्षका नेता केशव झाले यादवलाई कारबाही गरिएको जानकारी दिए। ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ,’ झाले भने। यादवलाई यसबारे जानकारी गराइने उनले जानकारी दिए। यादवलाई पार्टीबाट निष्काशन गरिएको पत्र निर्वाचन आयोग पठाइने छ।
मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए। यसैबिच ठाकुर पक्षको अहिले आन्तरिक छलफल भइरहेको छ। पार्टीबाट निष्कासन गरेपछि आगामी दिन कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको हो।



लोकपाटी न्यूज

