कालिका पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

लोकपाटी न्यूज

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलवार कालिका पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो। यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५१ रुपैयाँ पुगेको छ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्