सुनचाँदीकाे भाउ बढ्नेक्रम जारी, कतिमा काराेबार हुदैछ आज ?

लोकपाटी न्यूज

काठमाडौं। सुनचाँदीको भाउ बढ्नेक्रम मंगलबार पनि जारी रह्यो। सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ। सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो। यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ। मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्