एनएलजी इन्स्योरेन्सकाे लाभांश घोषणा

लोकपाटी न्यूज

काठमाडाैँ। एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६र७७ सम्मको संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल काम चुक्ता पुंजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सयको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३ सय ९७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्