काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन्।
सोमबार मन्त्रालयमा मातहतका कर्मचारीलाई योजना तथा कार्यक्रमहरू समयमा सुरु गरी छिटो परिणाम ल्याउन समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिएकाे मन्त्रालय स्रोतले जनाएको छ। अर्थमन्त्री पौडेलले बजेटमा समावेश कार्यक्रमहरू समयमा सुरु गर्न कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी तयारी गर्न कर्मचारीलाई निर्देशन दिए।
यसैगरी नियमित रूपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने मन्त्रालयको योजना छ।



लोकपाटी न्यूज

