काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ। सोमबार साँझ ५ : ४० मा बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मन्त्रिपरिषको नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए।
अबको एक–दुई दिनमै जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने पक्कापक्की भएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ। सोमबार नै जसपाका नेता ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए।



लोकपाटी न्यूज

